Kathmandu Press

स्वास्थ्य व्यवसायी महासंघद्वारा श्रम सचिव अर्याल सम्मानित

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको हकअधिकार स्थापित गर्ने, आधुनिक रुपमा स्वास्थ्य परिक्षण गराउनेलगायतका काम प्रभावकारी रुपमा अघि बढाएको भन्दै महासंघले सचिव अर्याललाई सम्मान गरिएको अध्यक्ष खड्काले बताए।
स्वास्थ्य व्यवसायी महासंघद्वारा श्रम सचिव अर्याल सम्मानित

काठमाडौं, जेठ २९ : नेपाल स्वास्थ्य व्यवसायी महासंघले श्रम सचिव एकनारायण अर्याललाई सम्मन गरेको छ।

डेढ वर्ष श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिवको रुपमा काम गरेका अर्यालको बिदाई गर्दै महासंघले सम्मान गरेको हो। अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएका छन्।

एक कार्यक्रमबीच महासंघको अध्यक्ष कैलाश खड्काले सचिव अर्याललाई सम्मान पत्र हस्तान्त्रण गरे।

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको हकअधिकार स्थापित गर्ने, आधुनिक रुपमा स्वास्थ्य परिक्षण गराउनेलगायतका काम प्रभावकारी रुपमा अघि बढाएको भन्दै महासंघले सचिव अर्याललाई सम्मान गरिएको अध्यक्ष खड्काले बताए।

सोमबार मन्त्रालयमा सचिव अर्यालको बिदाई कार्यक्रम आयोजना गरिएको थियो। श्रम सचिवका रुपमा केवलकुमार भण्डारी आएका छन्।

प्रकाशित मिति: २०:१७ बजे, सोमबार, जेठ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्