Kathmandu Press

समाजवादी प्रेस संगठन नवनिर्वाचित कार्यसमितिलाई सम्मान

पत्रकारिता क्षेत्रको क्रियाशीलताको खाँचो औँल्याउँदै उनले सभ्य समाज निर्माणका लागि सञ्चारजगतले राम्रो र सकारात्मक सन्देशलाई महत्व दिनुपर्ने बताए।
समाजवादी प्रेस संगठन नवनिर्वाचित कार्यसमितिलाई सम्मान

काठमाडाैं, जेठ २९ : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई जोगाउन वाम शक्ति एकताबद्ध हुनुपर्ने बताएका छन्।

समाजवादी प्रेस संगठनको नयाँ कार्यसमितिलाई सम्मान गर्न पार्टीको प्रचार विभागद्वारा आज आयोजित कार्यक्रममा अध्यक्ष नेपालले जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाउन वाम शक्तिको उल्लेखनीय भूमिका निर्वाह गरेको स्मरण गर्दै यो उपलब्धिलाई खलबलाउने प्रयास भइरहेकाले वामपन्थी एकताबद्ध हुनुपर्नेमा जोड दिए।

Hardik ivf

पत्रकारिता क्षेत्रको क्रियाशीलताको खाँचो औँल्याउँदै उनले सभ्य समाज निर्माणका लागि सञ्चारजगतले राम्रो र सकारात्मक सन्देशलाई महत्व दिनुपर्ने बताए।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले परिवर्तन राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको महत्व रहेको उल्लेख गर्दै राजनीतिज्ञले जनताको सुख र समृद्धिका लागि कार्य गर्नुपर्ने विचार व्यक्त गरे। समृद्ध मुलुक निर्माणका लागि सुशासन कायम गर्न आवश्यक रहेको बताउँदै त्यसका लागि भ्रष्टाचार बाधक रहेको उनको भनाइ थियो।

अध्यक्ष नेपालले राजनीति विकृत बन्दै गएकाले जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान टुक्का जनताले गर्न थालेकाले त्यसतर्फ राजनीतिक दल सचेत हुनुपर्ने सुझाव दिए। शिक्षा स्वास्थ्यमा राज्यले लगानी बढाउनुपर्नेमा उनले जोड दिए।

पार्टीका सम्मनित नेता झलनाथ खनालले पत्रकारितामा अहिले पुँजीवादी र समाजवादी धार रहेको भन्दै समाजवादी विचारलाई स्थापित गर्न संगठनले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। उनले हालै भारतले लुम्बिनी र कपिलवस्तुका भूभाग राखेर नक्सा छाप्ने कार्य आपत्तिजनक रहेको बताउँदै राष्ट्रियतालाई बलियो बनाउन पत्रकारिता क्षेत्रले यसको विरोधमा जनमत निर्माण गर्नुपर्ने बताए।

पार्टी उपाध्यक्ष प्रमेश हमालले समाजमा विद्यमान विकृति र सामाजिक विभेदका विरुद्ध  पत्रकार क्रियाशील हुनुपर्ने विचार व्यक्त गए। पार्टी उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै संगठनले विकृतिका विरुद्ध र सामाजिक न्यायका पक्षमा कार्य गर्नुपर्ने बताए।

संगठनका अध्यक्ष विश्वमणि सुवेदीले सबै श्रमजीवी पत्रकारको हकहित र अधिकारको संरक्षणका लागि संगठन क्रियाशील रहेको बताए। वरिष्ठ पत्रकार शन्तराम बिडारीले मोफसलका सञ्चारमाध्यमको संरक्षणका लागि लोककल्याणकारी विज्ञापन वितरण सन्तुलित बनाउन माग गरे।

प्रकाशित मिति: १८:१५ बजे, सोमबार, जेठ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्