Kathmandu Press

गौर हत्या प्रकरणको रिट आज पनि ‘हेर्न नभ्याइने’ 

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा रिटमाथि सुनुवाइका लागि पेसी तोकिएको थियो। सर्वोच्च प्रसासनले उक्त रिटलाई हेर्न नभ्याइने सूचीमा राखेको छ।
गौर हत्या प्रकरणको रिट आज पनि ‘हेर्न नभ्याइने’ 

काठमाडौं, २९ जेठ : गौर हत्या प्रकरणमा छानविन र कारवाहीको मागसहित दायर भएको रिट निवेदनमाथि सोमबार पनि सुनुवाइ गर्न नभ्याइने भएको छ। 

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा रिटमाथि सुनुवाइका लागि पेसी तोकिएको थियो। सर्वोच्च प्रसासनले उक्त रिटलाई हेर्न नभ्याइने सूचीमा राखेको छ।

Hardik ivf

उक्त रिट निवेदनमाथि सुनुवाइका लागि यसअघि गत जेठ २२ गते पनि पेसी तय गरिएको थियो। त्यसदिन पनि उक्त रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो। 

तत्कालीन मधेसी जनाधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच २०६४ चैत २७ गते भएको झडपमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो।

उक्त प्रकरणमा छानविन र कारवाहीको मागसहित जेठ २१ गते त्रिभुवन साहलगायतले रिट दिएका थिए। जिल्ला प्रहरी कार्यालय रौतहट गौर, जिल्ला सरकारी वकिल कार्यालय रौतहट गौर समेतलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गरिएको छ। 
 
प्रकाशित मिति: १४:२६ बजे, सोमबार, जेठ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्