Kathmandu Press

हिलोकोप्टरबाट गर्भवती महिलाकाे उद्धार

उच्च रक्तस्रावले थलिएकी शाहीको आइतबार रातिबाट अवस्था चिन्ताजनक बनेको उनको साेमबार हेलिकाेप्टरबाट उद्धार गरिएकाे हाे।
हिलोकोप्टरबाट गर्भवती महिलाकाे उद्धार
फाइल तस्बिर ।

हुम्ला, जेठ २९ : हुम्लाको मध्यभेगमा पर्ने सर्केगाड गाउँपालिका–७ रोडीकोटका ३२ वर्षे धनकौरा शाहीको हेलिकोप्टरबाट उद्धार गरिएको छ।

तीन दिनदेखि उच्च रक्तश्रावबाट थलिएकी उनको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि आज बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको हो।

Hardik ivf

गर्भवती शाहीको शरीरबाट अत्यधिक रक्तस्रावका कारण अवस्था गम्भीर भएपछि सर्केगार्ड गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय, जिल्ला अस्पताल र स्थानीय प्रशासनको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले जानकारी दिए। उच्च रक्तस्रावले थलिएकी शाहीको आइतबार रातिबाट अवस्था  चिन्ताजनक बनेको उनको भनाइ छ।

हाल उनको सुुर्खेतस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रमले हवाई उद्धार सेवा सुरु भएपछि दुर्गम हुम्लाका महिलाले राहत पाएका छन्।

जनशक्ति र उपकरणको व्यवस्था नहुँदा दक्षिणी क्षेत्रका सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा व्यथा लागेका गर्भवतीका लागि यो कार्यक्रमले वरदान सावित भएको प्रमुख सिंहको भनाइ छ।

यो वर्ष शाहीसहित आठ महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख सिंहको भनाइ छ।

प्रकाशित मिति: ११:४८ बजे, सोमबार, जेठ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्