Kathmandu Press

निजामती कर्मचारीको प्रतिभा प्रष्फुटन कार्यक्रम सुरु

निजामती कर्मचारीको प्रतिभा प्रष्फुटन कार्यक्रम सुरु
Hardik ivf

काठमाडाैं, जेठ २८ : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र आइडिया स्टुडियो नेपालको सहकार्यमा निजामती कर्मचारीका प्रतिभा प्रष्फुटनका लािग प्रतिभा डबली कार्यक्रम सुरु भएको छ।

जेठ ३२ गतेसम्म कार्यक्रम सञ्चालन गरिनेछ । निजामती कर्मचारीमा रहेको प्रतिभा प्रस्फुटन गर्न गत साल झै यस वर्ष पनि सरकारी प्रणालीको क्षमता विकास गर्दै नीति तर्जुमा सहयोग, नीति कार्यान्वयन, सेवा प्रवाह तथा विकास निर्माणलगायत सार्वजनिक सरोकारका विषयमा कार्यक्रम सुरु भएको हो।

यसका अतिरिक्त व्यक्तिगत जीवनमा आफूमा अन्तरनिहित प्रतिभा उजागर गर्ने अवसर प्रदान गर्न यो कार्यक्रम सञ्चालन गरिएको स्टुडियोका कार्यकारी निर्देशक छिरिङ लामाले राससलाई जानकारी दिए।
 
कार्यक्रममा विभिन्न कार्य क्षेत्रका सहभागीको विचारलाई परिष्कृत गरिनेछ।  कार्यक्रमले सहयोग, सिकाइ र वृद्धिको लागि अनुकूल वातावरण प्रदान गर्ने जनाइएको छ। सहभागीले नयाँ दृष्टिकोण अन्वेषण गर्न, बहुमूल्य अन्तरदृष्टि प्राप्त गर्न र निजामती कर्मचारीले सामना गर्ने चुनौतीको लागि नवीन समाधान विकास गर्न सक्ने विश्वास गरिएको उनले बताए।

प्रकाशित मिति: १८:३२ बजे, आइतबार, जेठ २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्