Kathmandu Press

विश्वकप लिग-२ : अमेरिका र ओमान खेल्दै

काठमाडौं, माघ २३ : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिका र ओमानको खेल सुरू भएको छ।

त्रिकोणात्मक श्रृंखलाअन्तर्गत आज दोस्रो खेल....

विश्वकप लिग-२ : अमेरिका र ओमान खेल्दै

काठमाडौं, माघ २३ : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिका र ओमानको खेल सुरू भएको छ।

त्रिकोणात्मक श्रृंखलाअन्तर्गत आज दोस्रो खेल सुरू भएको हो। पहिलो खेलमा बुधबार नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो।

आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ४८ रनमा तीन विकेट गुमाएको छ। अहिले अमेरिकाका मोन्क पटेल र इयान हल्यान्ड क्रिजमा छन्।

यसअघि अमेरिकाले आठ खेलमा ६ जीत निकाल्दै १२ अङ्क जोडेको छ। अमेरिका अङ्क तालिकाको शीर्ष स्थानमा छ।

ओमान सात खेलमा पाँचमा जीतसहित १० अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा छ। दुवै टोलीको लक्ष्य यहाँ जारी सिरिजका सबै खेल जितेर शीर्ष स्थानमा उक्लिने रहनेछ।

लिग–३ मा सात देश समावेश छन्। यो सन् २०२३ मा आयोजना हुने विश्वकपसम्म पुग्ने सिँढी हो। लिग दुईमा नेपाल, अमेरिका, ओमान, स्कटल्यान्ड, नामिविया, युएई र पपुवा न्युगिनी छन्।

 

प्रकाशित मिति: १०:४३ बजे, बिहीबार, माघ २३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्