एफ ए कपको पाँचौ चरणमा टोटनह्याम
काठमाडौं, माघ २३ : टोटनह्याम एफ ए कपको पाँचौ चरणमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा साउथह्याम्टनमाथि रोमाञ्चक जित निकाल्दै टोटनह....

काठमाडौं, माघ २३ : टोटनह्याम एफ ए कपको पाँचौ चरणमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा साउथह्याम्टनमाथि रोमाञ्चक जित निकाल्दै टोटनह्याम पाँचौ चरणमा पुगेको हो । घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले साउथह्याम्टनलाई ३–२ ले पराजित गर्यो। ज्याक स्टेफनले १२ औ मिनेटमा गरेको आत्मघाति गोलबाट टोटेनहमले अग्रता बनाएको थियो ।
साने लङले ३४ औं मिनेटमा गोल गर्दै साउथह्याम्टनलाई खेलमा फर्काए । ड्यानी ईङ्सले ७२ औं मिनेटमा साउथह्याम्टनलाई खेलमा अग्रता दिलाएका थिए । त्यसपछि लगातार दुई गोल गर्दै टोटनह्यामले रोमाञ्चक जित दर्ता गर्यो ।
लुकास मौराले ७८ औ मिनेटमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । ८७ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै सन ह्युङ मिनले टोटेनहमका लागि विजयी गोल गरे । डेन अलीको पासलाई विफल बनाउने क्रममा साउथह्याम्टनका गोलकिपरले फल गर्न पुगेपछि टोटनह्यामले पेनाल्टीको अवसर पाएको थियो ।
साउथह्याम्टनले अब प्रियिमर लिगको पुछारमा रहेको टिम नर्विच सिटीलाई पाँचौ चरणको खेलमा आतिथ्यता प्रदान गर्नेछ ।











