डिएलएको अध्यक्षमा केसी
केसी ६५३ मत ल्याउँदै अध्यक्षमा निर्वाचित भए । उनका प्रतिस्पर्धी लक्ष्मीदेवी दाहाल रावलले १७७ मत प्राप्त गरिन् भने अन्य उम्मेदवार केदार कार्कीले १३०, लक्ष्मण थपलियाले ५५ र कृष्ण घिमिरे भुसालले ५३ मत प्राप्त गरे।
चितवन, जेठ २८ : नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएसन (डिएलए)को ११औँ महाधिवेशनले सीताराम केसीको नेतृत्वमा ४३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
केसी ६५३ मत ल्याउँदै अध्यक्षमा निर्वाचित भए । उनका प्रतिस्पर्धी लक्ष्मीदेवी दाहाल रावलले १७७ मत प्राप्त गरिन् भने अन्य उम्मेदवार केदार कार्कीले १३०, लक्ष्मण थपलियाले ५५ र कृष्ण घिमिरे भुसालले ५३ मत प्राप्त गरे।
आइतबार बिहान सम्पन्न मतगणनाअनुसार वरिष्ठ उपाध्यक्षमा जगन्नाथ ढकाल विजयी भएका छन् । उनले ३१५ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी चन्द्रमणि अधिकारीले २६४ मत प्राप्त गरे। महिला उपाध्यक्षमा कविता थापा कार्कीले ६१९ मत प्राप्त गर्दा प्रतिस्पर्धी दीना श्रेष्ठले ४१२ मत प्राप्त गरिन्।
यस्तै बागमती प्रदेश उपाध्यक्षमा जनराज श्रेष्ठ निर्वाचित भएका छन्। उनले १४३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी हेमन्तराज दाहालले १०९मत प्राप्त गरे।
कोशी प्रदेश उपाध्यक्षमा कविता बस्नेत, मधेश प्रदेश उपाध्यक्षमा रामानन्द साह, गण्डकी प्रदेश उपाध्यक्षमा भूमिश्वर शर्मा गौतम, लुम्बिनी प्रदेश उपाध्यक्षमा विष्णुप्रसाद धिताल, कर्णाली प्रदेश उपाध्यक्षमा पदमबहादुर शाही र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा गंगाराम पाध्याय निर्विरोध निर्वाचित भएका छन्।
महासचिवमा ज्ञानेन्द्रप्रसाद अधिकारी विजयी भएका छन्। उनले ३९५ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी पूर्णप्रकाश बस्नेतले २३६ मत प्राप्त गरे। यस्तै सचिवमा शिवप्रसाद रेग्मी, महिला सचिवतर्फ धनमाया राना, कोषाध्यक्षमा हरिबहादुर बस्नेत निर्वाचित भएका छन्।
महाधिवेशनमा देशभरका ८८ एकाइका प्रजातान्त्रिक पक्षधर १३ हजार कानुन व्यवसायीमध्येबाट १४१० जना महाधिवेशन प्रतिनिधि सहभागी थिए। यसमध्ये एक हजार ६१ मत खसेको थियो।











![सुकुम्बासीमाथिको दमन र महँगीविरुद्ध माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1778667168.jpg)