नवोदित कलेजमा दिक्षान्त समारोह–२०८० सम्पन्न
विस २०५० सालमा स्थापना भएको नवोदित कलेजले हाल प्ले गुप्रदेखि स्नातकोत्तर तहसम्मको अध्यापन गराउँदै आएको कलेजले आज स्नातकोत्तर तह उर्तिण गरेका ९० विद्यार्थीलाई दिक्षित गरेको हो । कार्यक्रममा शिक्षाविद्हरुले नेपालको गुणस्तरीय शिक्षामा चुनौती थपिँदै गएको बताएका छन् ।
काठमाडौं, जेठ २८ : नवोदित कलेज सामाखुसी काठमाडौंले दिक्षान्त समारोह–२०८० सम्पन्न गरेको छ ।
विस २०५० सालमा स्थापना भएको नवोदित कलेजले हाल प्ले गुप्रदेखि स्नातकोत्तर तहसम्मको अध्यापन गराउँदै आएको कलेजले आज स्नातकोत्तर तह उर्तिण गरेका ९० विद्यार्थीलाई दिक्षित गरेको हो । कार्यक्रममा शिक्षाविद्हरुले नेपालको गुणस्तरीय शिक्षामा चुनौती थपिँदै गएको बताएका छन् ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका सहायक डिन डा हरि अधिकारीले वर्षेनी लाखौँ विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेश गएकाले तिनीहरुलाई स्वदेशमै रोक्ने वातावरण निर्माण गर्नुपर्ने बताए । “वर्षेनी चार लाख विद्यार्थीले अध्ययन गर्दै आएको त्रिविले गुणस्तरीय र रोजगारमुलक शिक्षामा ध्यान दिनुपर्छ,”– उनले भने । 
सरस्वती क्याम्पसका उपप्राध्यापक जेवी हमालले देश विकासका लागि व्यावसायिक शिक्षालाई सरकारले प्राथमिकता दिनुपर्ने बताए । “योग्य नागरिक उत्पादन गर्न मुलुक अनुकूलको शिक्षा आवश्यक छ, त्यो शिक्षालाई सरकारले प्राथमिकता दिनुपर्छ”,– उनले भने ।
नवोदित कलेजका प्राचार्य राजेन्द्र अधिकारीले सरकारले शिक्षा क्षेत्रमा चाहेजति वजेट विनियोजन गर्न नसकेको बताए । समृद्ध मुलुक निर्माणका लागि आवश्यकपर्ने शिक्षा नीति बनाउनुपर्ने उनको भनाई थियो । उनले दिक्षित विद्यार्थीलाई आफ्नो ज्ञान, सीप र क्षमतालाई राष्ट्र निर्माणमा लगाउन आग्रह थियो । यस्तै उनले हरेक परिवर्तनमा नवोदित र नवोदितका विद्यार्थीहरु सहभागी हुनुपर्नेमा जोड दिए ।

कलेजका सहप्राचार्य गुनबहादुर (जीवी) अधिकारीले विद्यार्थीले अनुशासित र मर्यादित भएर अध्ययन गरेमात्र उत्कृष्ट नतिजा प्राप्त गर्नसक्ने बताए ।








![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)


