हेटौंडामा वृद्ध दम्पती मृत फेला
हेटौंडा उपमहानगरपालिका-१ चाइना गेटका ७८ वर्षीय कृष्णप्रसाद दाहाल र उनकी पत्नी ७४ वर्षीया नन्दकुमारी दाहाल झुण्डिएको अवस्थामा फेला परेका हुन्।
काठमाडाैं, जेठ २७ : मकवानपुरको हेटौंडामा वृद्ध दम्पती मृत फेला परेका छन्।
हेटौंडा उपमहानगरपालिका-१ चाइना गेटका ७८ वर्षीय कृष्णप्रसाद दाहाल र उनकी पत्नी ७४ वर्षीया नन्दकुमारी दाहाल झुण्डिएको अवस्थामा फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार दुवैजना गए राति तीन तले पक्की घरको पूजा कोठामा पासो लगाइ झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।
मृतक दम्पती कान्छो छोरा र बुहारीसँगै बस्दै आएका थिए। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १३:४९ बजे, शनिबार, जेठ २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)