Kathmandu Press

महाकाली किनारमा शव फेला

शिवनाथ गाउँपालिका–२ खैरेनी नजिक महाकाली नदी किनारमा पहिचान हुन नसकेको एक पुरूषको शव फेला परेको  हो।
महाकाली किनारमा शव फेला

बैतडी, जेठ २७ : बैतडीमा महाकाली किनारमा आज एक पुरूषको शव फेला परेको छ। 

शिवनाथ गाउँपालिका–२ खैरेनी नजिक महाकाली नदी किनारमा पहिचान हुन नसकेको एक पुरूषको शव फेला परेको  हो।

स्थानीय बासिन्दाले शव देखेपछ प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

प्रहरी निरीक्षक खत्रीको नेतृत्वमा अहिले प्रहरी टोली घटनास्थलतर्फ गएको छ।  

प्रकाशित मिति: १३:४६ बजे, शनिबार, जेठ २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्