Kathmandu Press

समाजवादी प्रेस संगठनको निर्वाचन प्रक्रिया सुरु

अध्यक्षदेखि केन्द्रीय सदस्यमा खुला र समावेशी गरी कुल एक सय ३६ पदमा निर्वाचन हुने निर्वाचन समितिका सदस्य नारायण सुवेदीले जानकारी दिए।
समाजवादी प्रेस संगठनको निर्वाचन प्रक्रिया सुरु
Hardik ivf

काठमाडौं, जेठ २७ :  समाजवादी प्रेस संगठनको शुक्रबारदेखि सुरु भएको प्रथम महाधिवेशनअन्तर्गत आज निर्वाचन प्रक्रिया सुरु भएको छ। सोका लागि सबै पदमा मनोनयन दाखिला सम्पन्न भएको छ।

अध्यक्षदेखि केन्द्रीय सदस्यमा खुला र समावेशी गरी कुल एक सय ३६ पदमा निर्वाचन हुने निर्वाचन समितिका सदस्य नारायण सुवेदीले जानकारी दिए। निर्वाचन समितिको संयोजकमा माधव पौडेल तथा सदस्यमा विक्रम मैनाली, योगेन्द्र सिंहलगायत रहेका छन्। महाधिवेशनमा ७७ जिल्लाका करिब ४०० प्रतिनिधि सहभागी छन्।

उक्त महाधिवेशनको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शुक्रबार उद्घाटन गरेका थिए। विसं २०७८ भदौ १० गते वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको संयोजकत्वमा सो संगठन गठन गरिएको थियो। 

प्रकाशित मिति: १३:०१ बजे, शनिबार, जेठ २७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्