Kathmandu Press

पहिचानको नाममा आक्रमण गर्ने घटनाको एमालेद्वारा भर्त्सना

एमाले कोशी प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपानेको हस्ताक्षरित विज्ञप्तिमा कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार र संसदीय दलका उपनेता रामबहादुर रानामाथि आक्रमण गरेपछि पार्टी कोशी प्रदेशले घटनाको निन्दा गरेको उल्लेख छ।
पहिचानको नाममा आक्रमण गर्ने घटनाको एमालेद्वारा भर्त्सना

मोरङ, जेठ २७ : एमाले कोशी प्रदेश समितिले पहिचानको नाममा आन्दोलन गरिरहेको समूहबाट पटकपटक एमालेका नेताहरूमाथि गरिएको सुनियोजित आक्रमणको घोर भर्त्सना र निन्दा गरेको छ।

एमाले कोशी प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपानेको हस्ताक्षरित विज्ञप्तिमा कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार र संसदीय दलका उपनेता रामबहादुर रानामाथि आक्रमण गरेपछि पार्टी कोशी प्रदेशले घटनाको निन्दा गरेको उल्लेख छ।

Hardik ivf

कोशी प्रदेश सरकारबाट सञ्चालन भएका विविध विकास आयोजनाको अनुगमन तथा जिल्ला भ्रमणका क्रममा यही जेठ २५ गते इलाम जिल्लाको देउमाई नगरपालिका–३ मंगलबारेबाट इलाम नगरपालिका–११ सोयाक भञ्ज्याङ पुग्दा एमाले केन्दीय कमिटिका सदस्यसमेत रहेका उपनेता रानालाई पहिचानवादी भन्ने अपरिचित समूहद्वारा बाटो अवरुद्ध गराई सांघातिक आक्रमणसहित गाडीमा मोबिल खन्याएर आगो लगाउने प्रयास भएको विज्ञप्तिमा उल्लेख छ।

यसैगरी सोही दिन उदयपुर जिल्लाको श्री १८ नम्बर बाहिनी भुल्केमा रहेको सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेर विराटनगर फर्कने क्रममा उपसभामुख दनुवारलाई पहिचानवादी बताउने एक हुल मानिसले आक्रमण गर्नुका साथै त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईलाई लक्षित गरी नारा जुलुस गर्ने, उछृङ्खल गतिविधि गर्ने, ढुंगामुढा प्रहार गर्ने जस्ता आपराधिक क्रियाकलाप गरिएको विज्ञप्तिमा बताइएको छ ।

प्रदेश अध्यक्ष न्यौपानेले यस्ता अवाञ्छित, जघन्य र अपराधपूर्ण घटनाले नेकपा एमाले कोशी प्रदेशलाई गम्भीर बनाएको बताएका छन्। एमाले पार्टीका नेताहरू कार्यकर्तालाई लक्षित गरेर बारम्बार आक्रमण प्रयास गर्ने, पार्टीले आयोजना गरेका कार्यक्रम बिथोल्न प्रयास गर्ने, पार्टीका शीर्षस्थ नेता, मुख्यमन्त्री, मन्त्री र सांसदमाथि साङ्घातिक आक्रमण गर्ने, प्रहारको निशाना बनाउने जस्ता क्रियाकलाप पटक पटक हुने गरेकाले प्रहरी प्रशासनले त्यस्ता अपराधीहरूलाई कडा कारवाही गर्नु पर्ने माग गरिएको विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्तिमा दोषीलाई नियन्त्रणमा लिई कानूनी दायरामा ल्याउन र शान्ति सुरक्षा बहाल गर्न सङ्घीय सरकारसँग पनि माग गरिएको छ।

एकतर्फी पार्टीका नेता, कार्यकर्तामाथि हुने गरेका आक्रमण र हिंसाका घटनाको डटेर प्रतिवाद गर्न आफ्ना कार्यकर्तालाई अध्यक्ष न्यौपानेले निर्देशनसमेत दिएका छन्।

प्रकाशित मिति: ०७:३९ बजे, शनिबार, जेठ २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्