Kathmandu Press

एकदिवसीय सिरिज: पहिलो खेलमा न्यूजिल्याण्डले भारतलाई हरायो

काठमाडौं, माघ २२ :  न्यूजिल्याण्ड भ्रमणमा रहेको भारत एकदिवसीय सिरिजको पहिलो खेलमा घरेलु टिमसँग पराजित भएको छ।

बुधबार ह्यामिल्टनमा भएको ....

एकदिवसीय सिरिज: पहिलो खेलमा न्यूजिल्याण्डले भारतलाई हरायो

काठमाडौं, माघ २२ :  न्यूजिल्याण्ड भ्रमणमा रहेको भारत एकदिवसीय सिरिजको पहिलो खेलमा घरेलु टिमसँग पराजित भएको छ।

बुधबार ह्यामिल्टनमा भएको खेलमा भेट्रान ब्याट्सम्यान रोस टेलरले शतकीय इनिङ खेलेपछि न्यूजिल्यान्डले भारतलाई चार विकेटले हराएको हो।

पहिले ब्याटिङ गर्दै भारतले दिएको ३४८ रनको लक्ष्य न्यूजिल्याण्डले ४८.१ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो। उसका लागि रोस टेलरले १०९ बनाए। यस्तै, हेनरी निकल्सले ७८  र टम लाथमले ६९ रन बनाए। 

टेलरले ८४ बल खेल्दै १० चौका ४ छक्का प्रहार गरे भने निकोल्सले ८२ बल खेल्दै ११ चौका प्रहार गर्दा लाथमले ४८ बलमा ८ चौका र २ छक्का प्रहार गरे। भारतका कुलदिप यादवले २ तथा मोहम्मद सामी र शार्दुल ठाकुरले समान १–१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ४ विकेट गुमाएर ३४७ रन बनाएको थियो। उसका लागि श्रयस ऐयरले १०३ रनको शतकीय इनिङ्स खेले भने केएल राहुलले नटआउट ८८ र कप्तान विराट कोहलीले ५१ रन बनाए।

ऐयरले १०७ बल खेल्दै ११ चौका र १ छक्का प्रहार गरे भने राहुलले ६४ बलमा ३ चौका र ६ छक्का प्रहार गरे। यस्तै कोहलीले ६३ बल खेल्दै ६ चौका प्रहार गरे।न्यूजिल्याण्डका लागि टिम साउदीले २ र कोलिन डे ग्रान्डहोम र इस शोधीले समान १–१ विकेट लिए।

तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेल फेब्रुअरी ८ मा अकल्यान्डमा हुनेछ। 

प्रकाशित मिति: २०:२१ बजे, बुधबार, माघ २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्