Kathmandu Press

बालसैन्य लडाकुले दिएको रिट दर्ता गर्न आदेश 

युद्धका समयमा माओवादीले प्रयोग गरेका बालसेना अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीत रहेको दाबीसहित दिएको रिट यसअघि सर्वोच्चको प्रसासनिक तबरबाटै दरपिठ भएको थियो।
बालसैन्य लडाकुले दिएको रिट दर्ता गर्न आदेश 

काठमाडौं, जेठ २६ : माओवादी युद्धका बेला बाल सेना रहेका लेनिन विष्ट लगायतले पदिएको रिट दर्ता हुने भएको छ। 

युद्धका समयमा माओवादीले प्रयोग गरेका बालसेना अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीत रहेको दाबीसहित दिएको रिट यसअघि सर्वोच्चको प्रसासनिक तबरबाटै दरपिठ भएको थियो।

Hardik ivf

प्रशासनले गरेको दरपीठ आदेशविरुद्ध अर्को निवेदन दर्ता भएको थियो। रिटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईसहितका नेताहरुलाई विपक्षी बनाइएको छ। 

सर्वोच्चका न्यायाधीश डा.आनन्दमोहन भट्टराईको इजलासले शुक्रबार रिट दर्ता गर्न आदेश दिएको हो। 
 
प्रकाशित मिति: १५:१४ बजे, शुक्रबार, जेठ २६, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्