Kathmandu Press

‘करको दरका कारण पर्यटन क्षेत्र धराशायी हुन्छ’

शुक्रबार काठमाडौंको पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै उनीहरुले बजेटमा घोषणा भएका करका दलहरुले पर्यटन क्षेत्रमा पार्न सक्ने नकारात्मक असरका बारेमा चिन्तित बनाएको भन्दै करका दरका कारण यस क्षेत्र नै धरासायी हुने जनाएका हुन्।
‘करको दरका कारण पर्यटन क्षेत्र धराशायी हुन्छ’

काठमाडाैं, जेठ २६ : पर्यटन सम्बद्ध संस्थाहरुले सरकारले आगामी वर्षको बजेटमा लगाएको करको दरका कारण यस क्षेत्र नै धरासायी हुने जनाएका छन् ।

शुक्रबार काठमाडौंको पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै उनीहरुले बजेटमा घोषणा भएका करका दलहरुले पर्यटन क्षेत्रमा पार्न सक्ने नकारात्मक असरका बारेमा चिन्तित बनाएको भन्दै करका दरका कारण यस क्षेत्र नै धरासायी हुने जनाएका हुन्।

Hardik ivf

ट्रेकिङ तथा टुर प्याकेज सम्बन्धी सेवालाई हटाई पूर्ण रुपमा करको दायरामा ल्याउने, हवाइ टिकटमा भ्याट लगाउने, पाँचतारे वा सोभन्दा बढिमाथिका तारे होटल तथा लक्जरी रिसोटहरुले प्रदान गर्ने सेवामा २ प्रतिशत विलासिता शुल्क लगाउने लगाएतका व्यवस्थाका कारण नेपाल आउने पर्यटकहरु अन्य गन्तव्यमा जाने र सरकारको १० लाख पर्यटक भित्राउने लक्ष्य हासिल हुन नसक्ने उनीहरुले जनाएका छन्।

त्यस्तै सरकारले पर्यटन क्षेत्रबाट प्राप्त गर्ने गरि राखिएका कर संकलनका लक्ष्य पनि प्राप्त हुन नसक्ने अवस्था सिर्जना भएको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले बताउनुभयो । उहाले पर्यटनलाई उद्योगको मान्यता नदिदा राज्यबाट पाउनुपर्ने सहुलियतपूर्ण व्याजदर तथा विजुली शुल्क आदिबाट पर्यटन क्षेत्र बञ्चित हुनुपरेको बताए।

उनीहरुले पर्यटन क्षेत्रको पुनरुत्थानलाई सहज बनाउनका लागि पर्यटन क्षेत्रसँग सम्बन्धित सबै संघ संघठन सम्मीलित बिज्ञ समूह बनाएर गहन अध्ययन गरि कम्तिमा १ बर्षपछि मात्रै लागू हुनेगरि करका नयाँ दरहरु लागू गर्न सरकारलाई सुझाव दिएका छन्। 

प्रकाशित मिति: १४:३२ बजे, शुक्रबार, जेठ २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्