डिएलए नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि
पूर्वी चितवनको रत्ननगरमा आज र भोलि हुन लागेको महाधिवेशनको नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति धनराज गुरूङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र नेता शेखर कोइरालालगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ।
काठमाडाैं, जेठ २६ : नेपाल डेमोक्रयाटिक लयर एसोसिएसन (डिएलए नेपाल) को ११औं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ।
पूर्वी चितवनको रत्ननगरमा आज र भोलि हुन लागेको महाधिवेशनको नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति धनराज गुरूङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र नेता शेखर कोइरालालगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ।
महासचिव लक्ष्मीदेवी रावलका अनुसार महाधिवेशनमा देशभर ८८ इकाइका प्रजातान्त्रिक पक्षधर १३ हजार कानुन व्यवसायीमध्येबाट १ हजार ४ सय १ जना प्रतिनिधि सहभागी हुनेछन्। अहिले देशभरबाट प्रतिनिधि आउनेक्रम जारी छ।
प्रकाशित मिति: १२:५६ बजे, शुक्रबार, जेठ २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![सुकुम्बासीमाथिको दमन र महँगीविरुद्ध माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1778667168.jpg)