Kathmandu Press

तराईमा अझै केही दिन तापक्रम नघट्ने, पहाडी भू-भागमा कतै-कतै वर्षा

अहिले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेशको एक,दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षा भइरहेको महशाखाले जनाएको छ।
तराईमा अझै केही दिन तापक्रम नघट्ने, पहाडी भू-भागमा कतै-कतै वर्षा

काठमाडौं, जेठ २६ : केही दिनयता तराईका भूभागमा गर्मी अत्यधिक बढिरहेको छ। जसका कारण तातो हावा (लु) चलिरहेको छ। तराईका भूभागमा अझै केही दिन अधिकतम र न्यूनतम तापक्रम नघट्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेशको एक,दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षा भइरहेको महशाखाले जनाएको छ।

शुक्रबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा र बाँकी प्रदेशको पहाडी भूभागका एक,दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। 

प्रकाशित मिति: ०८:१० बजे, शुक्रबार, जेठ २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्