Kathmandu Press

‘बजेटमा छुटेका विषय पनि सम्बोधन होस्’

सभाको आजको बैठकमा सांसद इन्दिरादेवी गौतम, तारामान स्वाँर, सुमित्रा बिसी र राधेश्याम पासवानले समग्रमा बजेटमा राम्रा विषयवस्तु समेटिए पनि कतिपय विषय छुटेकाले बैठकमा उठाइएका विषयलाई समेट्न आग्रह गरे।
‘बजेटमा छुटेका विषय पनि सम्बोधन होस्’
Hardik ivf

काठमाडाैं, जेठ २५ : राष्ट्रियसभामा आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सांसदहरूले बोल्ने क्रम जारी छ। 

सभाको आजको बैठकमा सांसद इन्दिरादेवी गौतम, तारामान स्वाँर, सुमित्रा बिसी र राधेश्याम पासवानले समग्रमा बजेटमा राम्रा विषयवस्तु समेटिए पनि कतिपय विषय छुटेकाले बैठकमा उठाइएका विषयलाई समेट्न आग्रह गरे।

सांसदहरू सुरेशकुमार आलेमगरले बजेटमाथिको छलफलमा सत्ता पक्ष र प्रतिपक्षको जुहारी होइन देशलाई समृद्ध बनाउने सोचबाट अघि बढ्नुपर्ने बताए। सांसद सोनाम ग्याल्जेन शेर्पाले देशको अर्थतन्त्रलाई चलायमान बनाउन योजनाबद्ध कार्यक्रम चाहिने खाँचो औँल्याए।
     
त्यस्तै सांसद गङ्गाकुमारी बेलबासेले समय सान्दर्भिक बजेटले अहिलेको आर्थिक सङ्कटलाई समाधान गरेर मुलुकलाई अगाडि बढाउने विश्वास व्यक्त गरे। राष्ट्रियसभाको अर्को बैठक यही जेठ २६ गते बिहान ११ बजेर ३१ मिनेटमा बस्नेछ।

प्रकाशित मिति: १७:३० बजे, बिहीबार, जेठ २५, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्