Kathmandu Press

प्रधानमन्त्री दाहालद्वारा समवेदना व्यक्त

प्रधानमन्त्री दाहालले आज रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित भुसालको निवासमा पुगेर उनीप्रति श्रद्धासुमन अर्पण गरेका हुन्।
प्रधानमन्त्री दाहालद्वारा समवेदना व्यक्त
Hardik ivf

रूपन्देही, जेठ २५ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालका बुवा जगन्नाथ भुसालको निधनमा समवेदना व्यक्त गरेका छन्। 

प्रधानमन्त्री दाहालले आज रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित भुसालको निवासमा पुगेर उनीप्रति श्रद्धासुमन अर्पण गरेका हुन्। उनले शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकमा समवेदना प्रकट गर्दै धैर्यधारणका लागि अपिलसमेत गरेका छन्।

भुसालको यही जेठ २१ गते ९६ वर्षको उमेरमा निवासमै निधन भएको थियो। उनी सामाजिक तथा राजनीतिक व्यक्तित्वका रुपमा लामो समयसम्म क्रियाशील थिए। 

प्रकाशित मिति: १७:०३ बजे, बिहीबार, जेठ २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्