Kathmandu Press

विनोद चौधरीको शब्दावलीमाथि नियमापत्ति भएपछि त्यसलाई हटाउन सभामुखको रुलिङ

बिहीबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले ‘जब पर्‍यो राति अनि बुढी ताती’ भन्ने उखान प्रयोग गरेका थिए।
विनोद चौधरीको शब्दावलीमाथि नियमापत्ति भएपछि त्यसलाई हटाउन सभामुखको रुलिङ

काठमाडौं, जेठ २५ : कांग्रेसका सांसद विनोद चौधरीले बोलिरहँदा प्रयोग गरिएको एउटा उखानलाई लिएर महिला सांसदहरुले नियमापत्ति गरेपछि त्यसलाई रेकर्डबाट हटाइएको छ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले ‘जब पर्‍यो राति अनि बुढी ताती’ भन्ने उखान प्रयोग गरेका थिए।

Hardik ivf

त्यसपछि एमालेका महिला सांसदहरूले नेपाली उखान प्रयोग गरेर नेपाली महिलामाथि आक्रमण भन्दै उक्त शब्दावली रेकर्डबाट हटाउन माग गरे।

उक्त शब्दावली लैंगिकमैत्री नभएको भन्दै सभामुख देवराज घिमिरेले त्यसलाई रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिए।

प्रकाशित मिति: १२:५२ बजे, बिहीबार, जेठ २५, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्