Kathmandu Press

पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना, तराईमा ‘लू’को जोखिम 

तराई–मधेसका क्षेत्रमा गर्भी अझै बढ्ने देखिन्छ। काठमाडौं उपत्यका लगायत देशका अन्य उपत्यकाहरूमा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना, तराईमा ‘लू’को जोखिम 

काठमाडौं, जेठ २५ : जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

तराई–मधेसका क्षेत्रमा गर्भी अझै बढ्ने देखिन्छ। काठमाडौं उपत्यका लगायत देशका अन्य उपत्यकाहरूमा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको तराई भूभागमा, मुख्यतः मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी तापक्रम मापन भएको छ। 

तराईका भूभागहरूमा आगामी सोमबारसम्म नै तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेकोले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। 

आज (बिहीबार) दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भू भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक, दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

बिहीबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

प्रकाशित मिति: ०८:३२ बजे, बिहीबार, जेठ २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्