Kathmandu Press

शरद भेष्वाकरले बनाए अर्धशतक

काठमाडाैं, माघ २२ : मिडल अर्डर ब्याट्सम्यान शरद भेष्वाकर विश्वकप क्रिकेट लिग २ मा अर्धशतक बनाउने पहिलो खेलाडी बनेका छन्। 

कीर्तिपुरस्थि....

शरद भेष्वाकरले बनाए अर्धशतक
फाइल

काठमाडाैं, माघ २२ : मिडल अर्डर ब्याट्सम्यान शरद भेष्वाकर विश्वकप क्रिकेट लिग २ मा अर्धशतक बनाउने पहिलो खेलाडी बनेका छन्। 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा ओमानविरुद्ध शरदले १०८ बलको सामना गर्दै अर्धशतक बनाएका हुन्। उनले ५ चौका प्रहार गरे।

शरदले अर्धशतक बनाए पनि नेपालले राम्रो ब्याटिङ भने गर्न सकेन। ओमानले दिएको १९८ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले दुवै ओपनरलाई सस्तैमा गुमाएपछि नेपालमा  ४६ दशमलब ५ ओभरमा १७९ रनका समेटियो। 

दीपेन्द्रसिंह ऐरीले ३६, सन्दिप लामिछानेले २८ र विनोद भण्डारीले २६ रनको योगदान दिए।  यस्तै, सुसन भारीले ८, आरिफ शेखले ६ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्ल १ तथा पारस खड्का ३ रनमा पभिलियन फर्केका थिए।  अविनाश बोहोरा ८ रनमा अविजित रहे।

सुरुवातमै दबाबमा परेको नेपालले दीपेन्द्र र शरदले तेस्रो विकेटका लागि ६२ रनको साझेदारी गरेका थिए। तर, लगत्तै दीपेन्द्र, आरिफ सेख र रोहितकुमार पौडल आउट भएपछि नेपाल दबाबमा परेको थियो।

 

प्रकाशित मिति: १५:५५ बजे, बुधबार, माघ २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्