Kathmandu Press

मल र बिउबिजन नपाउँदा बाेर्डरमा किसानहरू ठगिइरहेका छन् : अमृतादेवी अग्रहरी

बुधबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले मल र बिउबिजन नपाएको र पाए पनि नक्कली परेको र ठगिएको भन्दै आफूलाई थुप्रै फोन आउने गरेको बताइन्। 
मल र बिउबिजन नपाउँदा बाेर्डरमा किसानहरू ठगिइरहेका छन् : अमृतादेवी अग्रहरी

काठमाडौं, जेठ २४ : एमाले सांसद अमृतादेवी अग्रहरीले जेठ २४ गते हुँदासम्म पनि किसानले रासायनिक मल र बिउ नपाएको, पाएको पनि नक्कली परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

बुधबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले मल र बिउबिजन नपाएको र पाए पनि नक्कली परेको र ठगिएको भन्दै आफूलाई थुप्रै फोन आउने गरेको बताइन्। 

Hardik ivf

‘किसानहरु बोर्डरमा ठगिइरहेका छन्। बोरामा ओर्जिनल लेखेको हुन्छ। छापहरु ओर्जिनल लेखेको हुन्छ। तर भित्र खाद्य मल पनि नक्कली हुन्छ र बिउबिजन पनि नक्कली हुन्छ,’ उनले भने। यस्तो कार्य हुँदा सरकार आँखा चिम्लेर बस्न नहुने उनले बताइन्।

जिल्ला कृषि कार्यालयमा मल र बिउ उपलब्ध नभएको भन्दै उनले आवश्यक परेको बेलामा नै मल र बिउ उपलब्ध पाउने व्यवस्था मिलाउन उनले माग गरिन्।

प्रकाशित मिति: १२:४२ बजे, बुधबार, जेठ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्