हिमालयन ट्राभल मार्ट काठमाडौंमा सुरु
मार्टमा २५ मुलुकका चार सयभन्दा बढीको सहभागिता रहेको आयोजक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)नेपाल च्याप्टरले जनाएको छ।काठमाडौं, जेठ २३ : अन्तर्राष्ट्रियस्तरको हिमालयन ट्राभल मार्टको चौथो संस्करण काठमाडौंमा मंगलबारबाट सुरु भएको छ।
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि सुरु भएको मार्ट यही जेठ २६ गतेसम्म चल्नेछ। मार्टमा २५ मुलुकका चार सयभन्दा बढीको सहभागिता रहेको आयोजक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)नेपाल च्याप्टरले जनाएको छ।
मार्टको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए। पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालका अनुसार मार्टमा ५० क्रेता र ५० बिक्रेताले सहभागिता जनाउने छन्। मार्टमा विभिन्न विधामा १५ भन्दा बढी वक्ताले प्रस्तुति दिनेछन्।
कोरोनापछिको पर्यटन पुनःरुत्थान अभियानलाई सहयोग पु¥याउनुका साथै मुलुकमा सञ्चालनमा आएका गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सक्रियरूपमा सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यले विशेष सत्र सञ्चालन हुने प्रमुख कार्यकारी अधिकृत बुडालले बताए।