Kathmandu Press

बेथानचोकमा सामुदायिक वन उपभोक्ता समूहको भवनको उद्घाटन

भवनको उद्घाटन गर्दै उनले बेथानचोकको वैभव नै जल, जमिन र वनजंगल भएकाले यसको उचित संरक्षण र सवद्र्धन गर्दै लैजाने बताए।
बेथानचोकमा सामुदायिक वन उपभोक्ता समूहको भवनको उद्घाटन

काभ्रे, जेठ २३ : काभ्रेको बेथानचोक गाउँपालिका वडा नं. ३ को खोरथापेस्थित ठूलीचौरमा निर्मित बेथानचोक नारायणस्थान सामुदायिक वन उपभोक्ता समूहको भवनको उद्घाटन भएको छ।

४९ लाख ४५ हजारको लागतमा निर्मित सो भवनको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले एक कार्यक्रमबीच मंगलबार उद्घाटन गरे। भवनको उद्घाटन गर्दै उनले बेथानचोकको वैभव नै जल, जमिन र वनजंगल भएकाले यसको उचित संरक्षण र सवद्र्धन गर्दै लैजाने बताए।

वातावरण संरक्षण र भौतिक विकास बिचको अन्तरद्वन्दले हरेक मानवलाई छोएकोले वातावरणको सन्तुलन कायम राख्दै बेथानचोकका सामुदायिक वनको संरक्षणमा विभिन्न उपभोक्ता समितिहरूले खेलेको भूमिका अतुलनीय रहेको उनले बताए ।

Hardik ivf

kkk1686038540.jpg

सबै क्षेत्रबाट बेथानचोक अथाह सम्भावना बोकी बसेको र सहरमा पुगेको पुस्ता जो पर्यावरणदेखि टाढा छ उसलाई यसको महत्व दर्शाउँदै सामुदायिक वनभित्र पर्यापर्यटन, समुदायमा आधारित उद्यम, विपन्नहरूको पहिचान गरी उनीहरूलाई वन र कृषिमा आधारित रोजगारी सृजना गर्न आवश्यक रहेको बताए।

लग्जम्वर्गका मन्त्रीले बेथानचोकमा बाटो बन्दै गरेको कुराको प्रशंसा गरेको स्मरण गर्दै अध्यक्ष अधिकारीले विदेशीको नजरमासमेत हाम्रा क्रियाकलापहरु राम्रो रहेको भन्दै चालु आर्थिक वर्षमा आफूहरु पूर्वाधारतर्फ पनि सडक मै केन्द्रित रहेको र सर्वसाधारणको पहिलो माग पनि सडकै भएकोले त्यसतर्फ अल्ली बढी लगानी भएकोमा भावी दिनहरुमा विकासका बहुआयामहरुमा लगानी हुने बताए।  

कार्यक्रममा वडा नं. ३ का अध्यक्ष कुवेर ढकालले यो वन क्षेत्र नै सो वडाको मुल सम्पत्ति भएको र प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र बेथाञ्चोक नारायण मन्दिर क्षेत्रसहितको वनसम्पदाको उचित संरक्षणका लागि वडा सरकार प्रतिवद्ध रहेको बताए। ठूलीचौरमा निर्मित बेथानचोक नारायणस्थान सामुदायिक वन उपभोक्ता समूहको वन संरक्षण र समाज रुपान्तरणमा उल्लेखनीय भूमिकाको प्रशंसा गरे।

बेथानचोक नारयणस्थान सामुदायिक वन उपभोक्त समूह धार्मिक तथा पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण रहेको र २०५६ सालमा समुदायमा हस्तान्तरण भएको यो वनको क्षेत्रफल २ सय ६९ हेक्टरमा फैलिएको कार्यक्रममा जानकारी दिइएको थियो । यो सामुदायिक वनले आफ्नो कार्ययोजनमा पर्यापर्यटनका क्रियाकलापमार्फत दर्जनौंलाई रोजगारी दिँदै आइरहेको बताइएको छ।

kk1686038540.jpg

बेथानचोक नारयणस्थान सामुदायिक वन उपभोक्त समूहका अध्यक्ष बद्रिप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिभिजन वन कार्यालय काभ्रेका देविचन्द्र पोखरेल, सव डिभिजन वन कार्यालय खोपासीकी रनिता बराल, वडा सदस्यहरु बासु तिमिल्सना, बलराम बजगाईं, पूर्ववडा अध्यक्ष दिलबहादुर श्रेष्ठलगायतका विभिन्न सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिको उपस्थिति थियो।

प्रकाशित मिति: १२:४५ बजे, मंगलबार, जेठ २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्