Kathmandu Press

प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्री दाहालले आज बिहान उपप्रधानमन्त्री खड्काको सुर्खेतस्थित निवासमा पुगेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।
प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पण

सुर्खेत, जेठ २३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी दुर्घटनामा निधन हुनुभएकी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी माइली भाइबुहारी डा.सञ्जु खाती खड्काप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रधानमन्त्री दाहालले आज बिहान उपप्रधानमन्त्री खड्काको सुर्खेतस्थित निवासमा पुगेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्। उनले परिवारजनमा समवेदना प्रकट पनि गरेका छन्।

Hardik ivf

यसैगरी, उप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि स्व. खड्काप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

जेठ १६ गते बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै खड्का सवार कारलाई बसले ठक्कर दिँदा उनको निधन भएको थियो।

प्रकाशित मिति: १३:०६ बजे, मंगलबार, जेठ २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्