Kathmandu Press

हुम्लामा भिरबाट लडेर मृत्युु

आइतबार दिउँसो कल्खे गाउँमा दसरा मेला हेरेर दोमुख फर्कंने क्रममा लौठारुख भिरबाट लडेर अदानचुली–१ कल्खे गाउँका दानीको मृत्यु भएको हाे।
हुम्लामा भिरबाट लडेर मृत्युु

हुम्ला, जेठ २३ : हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–१ मा भिरबाट लडेर २४ वर्षीय  गौरीलाल दानीको मृत्यु भएको छ।  

आइतबार दिउँसो कल्खे गाउँमा दसरा मेला हेरेर दोमुख फर्कंने क्रममा लौठारुख भिरबाट लडेर अदानचुली–१  कल्खे गाउँका दानीको मृत्यु भएको श्रीनगर प्रहरीचौकीका सहायक प्रहरी निरीक्षक कृष्णबहादुर बुढाले बताए।

Hardik ivf

कल्खेबाट फर्केको व्यक्ति राति अबेरसम्म दोमुखको होटलमा नपुगेपछि परिवारका अन्य सदस्यले दानीको सोधखोज गरेका थिए।

सोमबार बिहानै खोज्ने क्रममा दोमुख नजिकदानी मृतावस्थामा भेटिएको स्थानीय परबहादुर थापाले बताए। दानीले दोमुखमा होटल सञ्चालन गर्दै आएका थिए।

दसरा पूर्णिमाको दिन कल्खे गाउँमा देउडा गीत प्रतियोगिता आयोजना गरिएको थियो, त्यही हेर्न दानी गएका थिए।

 

प्रकाशित मिति: ११:१९ बजे, मंगलबार, जेठ २३, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्