Kathmandu Press

राष्ट्रपतिद्वारा पूर्वमन्त्री पाण्डेको परिवारलाई समवेदना

राष्ट्रपतिद्वारा पूर्वमन्त्री पाण्डेको परिवारलाई समवेदना

काठमाडाैं, जेठ २२ : राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वमन्त्री मीना पाण्डेको परिवारजनलाई समवेदना पठाएका छन्। पाण्डेको ७२ वर्षीया उमेरमा जेठ १३ गते निधन भएको थियो।

राष्ट्रपति पौडेलले समवेदना सन्देशमा सादा र सरल जीवन शैलीकी धनी पाण्डेका योगदानले हरेक नेपालीलाई प्रेरणा प्रदान गर्ने बताएका छन्। पाण्डेको निधनले लोकतान्त्रिक आन्दोलन र मुलुकलाई अपूरणीय क्षति पुगेको राष्ट्रपति पौडेलले पठाएको समवेदना सन्देशमा उल्लेख छ।

Hardik ivf

राष्ट्रपति पौडेलले पुरुषलाई समेत आन्दोलनमा होमिन कठिन अवस्थामा पाण्डेले आफूलाई लोकतन्त्रको आन्दोलनमा समाहित गर्नु सबैका लागि गौरवको विषय भएको सन्देशमा उल्लेख गरेका छन्। राष्ट्रपति पौडेलका तर्फबाट प्रेस सल्लाहकार किरण पोखरेल, राष्ट्रपति पौडेलको परिवारका तर्फबाट छोरी अवज्ञा पौडेल र संज्ञा पोखरेलले पाण्डेको निवास गौशालामा पुगेर दुःख व्यक्त गरेका हुन्।

पौडेलले पठाएको सन्देशमा भनिएको छ, '२०३६ को जनमत सङ्ग्रह घोषणा गराउन बाध्य पार्ने विद्यार्थी आन्दोलनमा पाण्डेले नेतृत्वदायी भूमिका निर्वाह गरेको र सो बेलाको विद्यार्थी आन्दोलनमा पाण्डे पक्राउ परेको मेरो मानसपटलमा अझै ताजै छ।'

बिपी, गणेशमानजस्ता नेताहरूले प्रवासको जीवन भोगेको देखेपछि आफूमा थप विद्रोही भावना पलाएको भनेर बेलाबेलामा आफूहरूलाई सुनाउने गरेको पनि राष्ट्रपति पौडेलले समवेदना सन्देशमा उल्लेख गर्नुभएको छ।

प्रकाशित मिति: १८:१९ बजे, सोमबार, जेठ २२, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्