शोक प्रस्ताव पारित
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज उक्त शोक प्रस्ताव सर्वसम्मपतिले पारित गरेको व्यहोरा जानकारी गराएका हुन्।
काठमाडाैं, जेठ २२ : राष्ट्रियसभाको आजको बैठकले संविधानसभा सदस्य श्यामसुन्दर टिवडेवालको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज उक्त शोक प्रस्ताव सर्वसम्मपतिले पारित गरेको व्यहोरा जानकारी गराएका हुन्।
संविधानसभा सदस्य टिवडेवाल २०७० सालको संविधानसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालबाट समानुपातिक सदस्यमा निर्वाचितभएका थिए।
उनकोे हेम्स अस्पताल धुम्बाराहीमा उपचारका क्रममा २०७९ चैत २२ गते बुधबार निधन भएको थियो। बैठकले टिवडेवालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छ।
राष्ट्रियसभाको अर्को बैठक यही जेठ २३ गते ११ बजेर ११ मिनेटमा बस्नेछ।
प्रकाशित मिति: १७:४६ बजे, सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![सुकुम्बासीमाथिको दमन र महँगीविरुद्ध माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1778667168.jpg)