Kathmandu Press

मनाइयाे विश्वभर विश्व वातावरण दिवस

संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ।
मनाइयाे विश्वभर विश्व वातावरण दिवस

काठमाडाैं, जेठ २२ : नेपालमा यस वर्ष 'प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ' भन्ने नाराका साथ वातावरण दिवस मनाइएको छ।

संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ।

Hardik ivf

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभाग पनि काठमाडौंमा विषेश कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा वन तथा वातावरणमन्त्री विरेन्द्र प्रसाद महत्तोले औपचारिक कार्यक्रम मात्रै गरेर वातावरणको रक्षा गर्न नसकिने बताए।

उनले अहिले पनि नेपालमा वातावरण प्रदूषण गर्ने सवारी साधानहरु आयात भइरहेको भन्दै यसलाई रोक्न नीतिगत व्यवस्था गर्नुपर्ने धारणा राखे। साथै उनले वातावरण जोगाउन सर्वसाधारणमा जनचेतना आवश्यक रहेको उल्लेख गरे।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिकका दिन विश्व वातावरण दिवस मनाइँदै आइरहेको छ। प्लाष्टिक प्रदूषण रोकथाम गर्न भन्दै नेपालले २०७२ सालदेखि नै ४० माइक्रोन भन्दा पातला प्लाष्टिकको प्रयोगमा रोक लगाए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। 

प्रकाशित मिति: १५:०१ बजे, सोमबार, जेठ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्