Kathmandu Press

पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
Hardik ivf

काठमाडाैं, जेठ २२ : पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले देशका अधिकांश स्थानमा बदली रहनुका साथै पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा देशका बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ। राजधानी काठमाडौँ उपत्यकाको आकाशमा बादल लागेको छ।

काठमाडौंको तापक्रम बढेपनि पछिल्लो दुई दिनको तुलनामा गर्मी केही कम महशुस गरिएको छ। महाशाखाको विवरमा आज काठमाडौँको न्यूनतम १८ र अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस रहेको छ ।

महाशाखाका अनुसार एकसातादेखि देशका अधिकांश भू–भागको तापक्रम वृद्धि भएकाले गर्मी बढेको छ । तराईका अधिकांश भूभागमा तापक्रम लु चलिरहेको छ। वर्षा नहुँदा सुक्खापन चलेकाले तापक्रम बढेर लु चलेको मौसमविद्हरुको भनाइ छ।

प्रकाशित मिति: १३:४७ बजे, सोमबार, जेठ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्