Kathmandu Press

बजेटमा माग सम्बोधन नभएको भन्दै निर्माण व्यवसायी महासंघद्वारा आन्दोलनकाे चेतावनी

आगामी असार ४ गते भित्रमा सवै आयोजनाहरुको म्याद थपको निर्णय नभएमा सम्पूर्ण अयाोजनाहरु ठप्प पार्ने र सबै इजाजतपत्रहरु राज्यलाई बुझाएर आन्दोलनमा होमिन बाध्य हुने महासंघका अध्यक्ष रवि सिंहले बताए।
बजेटमा माग सम्बोधन नभएको भन्दै निर्माण व्यवसायी महासंघद्वारा आन्दोलनकाे चेतावनी
Hardik ivfHardik ivf

काठमाडाैं, जेठ २१ : नेपाल निर्माण व्यवसायी महासंघले आगामी बजेटमा आफ्ना मागहरुका विषयमा सम्बोधन नभएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको छ।

महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २०८१ असार मसान्तसम्म सबै आयोजनाहरुको म्याद थप हुनुपर्ने, माइलस्टोनको व्यवस्था खारेज हुनुपर्ने, सरकारसँग भएको सहमति अनुसार मूल्य समायोजन हुनुपर्ने लगाएतका मागहरु बजेटमा सम्बोधन नगर्नु दुर्भाग्यपूर्ण रहेको ठहर गर्दै आन्दोलन गर्ने चेतावनी दिएको हो।

आगामी असार ४ गते भित्रमा सवै आयोजनाहरुको म्याद थपको निर्णय नभएमा सम्पूर्ण अयाोजनाहरु ठप्प पार्ने र सबै इजाजतपत्रहरु राज्यलाई बुझाएर आन्दोलनमा होमिन बाध्य हुने महासंघका अध्यक्ष रवि सिंहले बताए।

राज्यबाट व्यवसायीहरुलाई हालसम्म भुत्तानी गर्न नसकेको,बैंकहरुबाट ऋण उपलव्ध नगराइएको लगाएतका कारणले हाल करिव ३ हजार भन्दा बढि आयोजनाहरुको म्याद थप गर्नुपर्ने अनुमान रहेको उहाले बताए।

उनले महासंघले प्रधानमन्त्रीलगायतसम्बन्धी सबै निकायहरुलाई आफ्ना मागबारे जानकारी गराए पनि कुनै सुनुवाइ हुन नसकेको गुनासो गरे।

आगामी आर्थिक वर्षमा निरन्तरता नपाउने आयोजनाहरुको भुक्तानी नै लिन नसकिने भएकाले बाध्य भएर आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै समयमा नै राज्य गम्भीर हुनुपर्ने अध्यक्ष सिंहले बताए।

प्रकाशित मिति: १६:१६ बजे, आइतबार, जेठ २१, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्