Kathmandu Press

राष्ट्रियसभामा शोक प्रस्ताव पारित

राष्ट्रियसभाको अर्को बैठक सोमबार १ बजे बस्नेछ।  
राष्ट्रियसभामा शोक प्रस्ताव पारित

काठमाडाैं, जेठ २१ : राष्ट्रियसभाको आजको बैठकले संविधानसभा सदस्य तथा पूर्वराज्यमन्त्री मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। उनको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । 

स्वर्गीय पाण्डे नेपाली कांग्रेस पार्टीबाट २०४८ र २०५१ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित, विसं २०६४ सालको संविधानसभा निर्वाचन र विसं २०७४ सालको प्रतिनिधिसभाका निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित भएकी थिइन्। 

पूर्वमहिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री समेत रहेकी उनी  शालीन र सरल नेत्री थिइन्।

उनको ७२ वर्षको उमेरमा यही जेठ १६ गते असमायिक निधन भएको थियो। राष्ट्रियसभाको अर्को बैठक सोमबार १ बजे बस्नेछ।  

प्रकाशित मिति: १५:०१ बजे, आइतबार, जेठ २१, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्