Kathmandu Press

अचेत भेटिएका व्यक्तिको उपचारका क्रममा मृत्यु

साेमबार राति गस्ती गर्ने क्रममा प्रहरीले खलङ्गास्थित बसपार्कमा ती व्यक्तिलाई रक्ताम्य अवस्थामा फेला पारेको हो।
अचेत भेटिएका व्यक्तिको उपचारका क्रममा मृत्यु

दार्चुला, जेठ २१ : दार्चुला सदरमुकाम खलङ्गामा अचेत अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। उनको आज बिहान जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

साेमबार राति गस्ती गर्ने क्रममा प्रहरीले खलङ्गास्थित बसपार्कमा ती व्यक्तिलाई रक्ताम्य अवस्थामा फेला पारेको हो।

Hardik ivf

राति नै प्रहरीले उनलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याएको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। 

टाउको र शरीरभरि घाउ भएका ती व्यक्तिको नाम र ठेगाना खुल्न सकेको छैन। उनको शव जिल्ला अस्पतालमा राखिएको छ। ती व्यक्तिको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १२:१४ बजे, आइतबार, जेठ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्