Kathmandu Press

बैतडीका स्थानीय तहद्वारा नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन

आगामी असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको र यसैको तयारीस्वरुप सुझाव सल्लाह संकलन गरिन लागिएको हो।
बैतडीका स्थानीय तहद्वारा नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन

बैतडी, जेठ २१ : बैतडीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति, बजेट तथा कार्यक्रम तर्जुमासम्बन्धी कार्य प्रारम्भ गरेका छन्। यसका लागि यहाँका स्थानीय तहले सुझाव संकलनलाई तीव्र बनाइरहेका छन्।

आगामी आवको नीति, बजेट तथा कार्यक्रम तर्जुमाका लागि विज्ञ, राजनीतिक दल, संघसंस्था, बुद्धिजीवी, सञ्चारकर्मी, समाजसेवी, पेसाकर्मी, कर्मचारी र आम नागरिकबाट राय सुझाव माग गरिएको पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले बताए।

आगामी असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको र यसैको तयारीस्वरुप सुझाव सल्लाह संकलन गरिन लागिएको हो। सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, वन वातावरण, सेवा प्रवाह र सुशासनका सवालमा आफ्ना सुझाव सल्लाह र राय पेस गर्न सकिने जनाएको छ।

दोगडाकेदार गाउँपालिकाले पनि एक सूचना जारी गर्दै सुझाव पेस गर्न आग्रह गरेको छ। जिल्लाका अन्य स्थानीय तहहरुले पनि आगामी आवको नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव संकलन गरिरहेका छन्।

राय सुझावकै आधारमा आगामी वर्षको नीति, बजेट तथा  कार्यक्रम ल्याइने स्थानीय तहले जनाएका छन्।

प्रकाशित मिति: ११:२८ बजे, आइतबार, जेठ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्