Kathmandu Press

आज कहाँको मौसम कस्तो ? 

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसारा आज (आइतबार) दिउँसो देशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागका एक,दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
आज कहाँको मौसम कस्तो ? 
Hardik ivf

काठमाडौं, जेठ २१ : जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहेको छ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसारा आज (आइतबार) दिउँसो देशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागका एक,दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आइतबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू(भागका एक,दुई स्थानमा मेघ, गर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: ०८:११ बजे, आइतबार, जेठ २१, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्