Kathmandu Press

सहकारीबाट ठगिएका बचतकर्ता सडकमा 

उनीहरुले सहकारीबाट बचत फिर्ता गर्न कतै सुनुवाई नभएको बताउँदै सरकारलाई दबाब दिन सडकमा आएर विरोध र धर्नामा उत्रिनुपरेको दुःख व्यक्त गरेका छन्।
सहकारीबाट ठगिएका बचतकर्ता सडकमा 

काठमाडौं, जेठ २० : सहकारीले ठगेको भन्दै बचतकर्ताले शनिबार राजनीतिको सडकमा विरोध प्रदर्शन गरेका छन्। बचतकर्ता महासंघ संघर्ष समिति बनाएर पीडित विरोधमा उत्रिएका हुन्। 

उनीहरुले सहकारीबाट बचत फिर्ता गर्न कतै सुनुवाई नभएको बताउँदै सरकारलाई दबाब दिन सडकमा आएर विरोध र धर्नामा उत्रिनुपरेको दुःख व्यक्त गरेका छन्।

Hardik ivf

काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन भएको थियो। सहकारीको बचत सरकारले फिर्ता गरिदिनुपर्ने माग पीडितको छ। सहकारीलाई नियन्त्रण गर्ने एकद्वार निकाय नहुँदा समस्या जटिल बनेको गुनासो उनीहरुको छ।

सहकारीले खाएर भागेको बचत फिर्ता गर्न न्यायका लागि स्थानीय तहदेखि केन्द्र सरकारका निकायसम्म चहार्दा समेत फिर्ता नभएको उनीहरुको गुनासो छ।

संघर्ष समितिका अध्यक्ष सुनितासिंह राजभण्डारीको नेतृत्वमा सडक प्रदर्शन भएको हो । कम्तिमा सय भन्दा बढी बचतकर्ता सहकारीबाट ठगिएको समितिले जनाएको छ। 
 

प्रकाशित मिति: १८:११ बजे, शनिबार, जेठ २०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्