Kathmandu Press

नागरिकता विधेयक खारेजीकाे माग गर्दै विरोध प्रदर्शन

नागरिकता विधेयक राष्ट्रघाती भएकाले यसलाई खारेज गर्नुपर्ने भन्दै संगठनले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्।
नागरिकता विधेयक खारेजीकाे माग गर्दै विरोध प्रदर्शन

काठमाडाैं, जेठ २० : नागरिकता विधेयक खारेज गर्नुपर्ने माग गर्दै राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।

नागरिकता विधेयक राष्ट्रघाती भएकाले यसलाई खारेज गर्नुपर्ने भन्दै संगठनले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्।

उनीहरुले नेपालीलाई नेपालमा नै अल्पमतमा पार्ने षडयन्त्र बन्द गर्नुपर्ने माग राखेका छन्। त्यस्तै उनीहरुले गैर नेपालीलाई नेपाली नागरिकता दिने उदेश्यले नागरिकता विधेयक प्रमाणीकरण गरिउको आरोप लगाएका छन्। 

प्रकाशित मिति: १६:३२ बजे, शनिबार, जेठ २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्