Kathmandu Press

विवेकशील साझाकाे प्रवक्तामा आशुतोष प्रधान

पार्टीको शुक्रबार बसेको केन्द्रीय समिति बैठकले प्रधानलाई प्रवक्तामा नियुक्त गरेको हो। विवेकशील साझा पार्टीका नव नियुक्त प्रवक्ता प्रधान पर्यटन उद्यमी हुन्।
विवेकशील साझाकाे प्रवक्तामा आशुतोष प्रधान

काठममाडौं, जेठ २० : विवेकशील साझाका केन्द्रीय सदस्य आशुतोष प्रधानले पार्टी प्रवक्ताको जिम्मेवारी पाएका छन्।

पार्टीको शुक्रबार बसेको केन्द्रीय समिति बैठकले प्रधानलाई प्रवक्तामा नियुक्त गरेको हो। विवेकशील साझा पार्टीका नव नियुक्त प्रवक्ता प्रधान पर्यटन उद्यमी हुन्।

त्रिभुवन विश्व विद्यालयमा ‘संस्कृति पर्यटन'का पीएचडी स्कलर प्रधानले पार्टीको उद्यमशीलता विभागको नेतृत्व कुशलता पूर्वक सम्पन्न गरिसकेको पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र परियारले बताए ।

विभिन्न सामाजिक(राजनीतिक अभियानको नेतृत्व गरिसकेका प्रधान विधि र मूल्य मान्यतामा आधारित राजनीतिको खराे वकालतकर्ता हुन्।

राजनीतिक घरानाका प्रधान तनहुँको बन्दीपुरका स्थायी बासिन्दा हुन्।

प्रकाशित मिति: १४:०५ बजे, शनिबार, जेठ २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्