Kathmandu Press

रुखबाट खसेर एक जनाको मृत्यु

रुखको स्याउला काट्ने क्रममा धामी रुखबाट खसेका थिए।
रुखबाट खसेर एक जनाको मृत्यु

बाजुरा, जेठ २० : बाजुरामा रुखबाट खसेर आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बडिमालिका नगरपालिका–९ ढम्कनेका ४२  वर्षीय देवबहादुर धामी रहेका छन्। 

रुखको स्याउला काट्ने क्रममा धामी रुखबाट खसेका थिए। उनको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । धामी गाउँ नजिकै कालाजग्रा सामुदायिक वनमा घाँस काट्न गएका थिए। 

प्रकाशित मिति: १२:४४ बजे, शनिबार, जेठ २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्