Kathmandu Press

प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको अध्यक्षमा खनाल, सचिवमा पौडेल

युनियनको शुक्रबार राति सम्पन्न प्रथम अधिवेशनबाट खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।
प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको अध्यक्षमा खनाल, सचिवमा पौडेल

काठमाडौं, जेठ २० : नेपाल प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेशमा लिलाराज खनालको अध्यक्षतामा पहिलो कार्यसमिति गठन भएको छ । प्रदेशको शुक्रबार सम्पन्न पहिलो ऐतिहासिक अधिवेशनले खनालको अध्यक्षतामा कार्यसमिति गठन गरेको हो ।

उपत्यका तथा प्रतिष्ठान प्रदेशको अधिवेशनबाट उपाध्यक्षमा पुष्कर बुढाथोकी, समावेशी तर्फको उपाध्यक्षमा निरज तामाङ, महिला तर्फबाट उपाध्यक्षमा सिता न्यौपाने, महासचिवमा साईला तामाङ, सचिवमा अमृत पौडेल, केशव ढुंगाना र विष्णु पन्थी, कोषाध्यक्षमा शंकर अर्याल र सहकोषाध्यक्षमा पुनिता झा सर्वसम्मत निर्वाचित भए।

Hardik ivf

अध्यक्षमा निर्वाचित खनाल विगत २५ बर्षदेखि युनियनमा आवद्ध थिए । यस्तै खुलासचिवमा निर्वाचित भएमा पौडेल १० बर्ष भन्दा लामो समय लामो समयदेखि पत्रकारिता र युनियननमा आबद्ध थिए । उनी हाल नयाँपुस्ता डटकमको प्रकाशक एवं प्रधानसम्पादक समेत हुन् ।

समितिको सदस्यमा भने कुवेर गिरि, सिता शर्मा, संवेग बस्नेत, तुल्सीराम भण्डारी, दिपेन्द्र अधिकारी, सुन्दर पाण्डे, मुक्तिनाथ आचार्य, कुमार भण्डारी, सुशीला सिग्देल, नवराज कार्की, दीपक घिमिरे, रमा भुर्तेललाई चयन गरिएको छ । त्यसैगरी लेखा समिति संयोजकमा नारायण अधिकारी र सदस्यमा लक्ष्मी गौतम र भावना हमाल निर्वाचित भए।  

पहिलो अधिवेशन गर्न युनियनले केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीको संयोजकत्वमा अधिवेशन व्यवस्थापन समिति गठन गरेको थियो। योसँगै सबै प्रदेशमा युनियनको संरचनाले पूर्णता पाएको छ । प्रेस युनियनमा उपत्यका तथा प्रतिष्ठान प्रदेश सहित राज्यका सात प्रदेश गरी आठ प्रदेशको व्यवस्था छ।

पदाधिकारीमा निर्धारित सङ्ख्या भन्दा बढी उम्मेदवारी परेपछि सहमति गराउन युनियनका पूर्व बरिष्ठ उपाध्यक्ष दामोदरप्रसाद दवाडी, पत्रकार महासङ्घका पूर्व सचिव रामप्रसाद दाहाल, युनियनका बरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्षद्वय सलोजा दाहाल र जीवन भण्डारी, महासचिव दिलिप पौडेल र कोषाध्यक्ष माधव धिताल रहेको सहमति समन्वय समिति गठन गरिएको थियो ।

समितिको आग्रहमा अध्यक्षमा दावी गरेका महेश गौतमले उम्मेदवारी फिर्ता लिएका थिए भने अन्य उम्मेदवारहरूले दावी गरेको भन्दा फरक पदमा रहन तयार भएपछि सहमति जुटेको हो। उपत्यका तथा प्रतिष्ठान प्रदेश अन्तर्गत काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला शाखा, साँघु उपशाखा र अन्य आठ सञ्चार माध्यममा गठित प्रतिष्ठान शाखा गरी कुल १२ शाखा रहेका छन्।

प्रकाशित मिति: ११:४८ बजे, शनिबार, जेठ २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्