राफा लिआओले एसी मिलानसँग सम्झौता नवीकरण
सन् २०१९मा फ्रेन्च क्लब लिलबाट एसी मिलान आएका उनी अब सन् २०२८ जुनसम्म मिलानमै रहनेछन्।
काठमाडौं, जेठ २० : पोर्चुगिज युवा विंगर राफा लिआओ इटालियन क्लब एसी मिलानसँगको सम्झौता नवीकरण गरेका छन्। २३ वर्षीय लिआओले ५ वर्षका लागि सम्झौता नवीकरण गरेका छन्।
सन् २०१९मा फ्रेन्च क्लब लिलबाट एसी मिलान आएका उनी अब सन् २०२८ जुनसम्म मिलानमै रहनेछन्।
लिआओ दुई सिजन यता निकै उत्कृष्ट फर्ममा छन्। अघिल्लो सिरिन उनी सिरिएकै उत्कृष्ट खेलाडी बनेका थिए।
४ सिजन मिलानमा बिताउँदा उलने १६२ खेल खेल्दै ४१ गोल र २९ असिस्ट गरेका छन्।
प्रकाशित मिति: ०८:२० बजे, शनिबार, जेठ २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










