Kathmandu Press

भ्रष्टाचारमा संलग्न जो–कोही कारबाही गर्नुपर्छ : सांसद थापा

यस्तै, सांसद थापाले नागरिकता विधेयक अहिलेको आवश्यकता भएको दाबी गर्दै यसका बारेमा पढेर, बुझेरमात्रै गाउँ–गाउँमा रहेका नागरिकलाई बुझाउन कार्यर्तालाई आग्रह गरे।
भ्रष्टाचारमा संलग्न जो–कोही कारबाही गर्नुपर्छ : सांसद थापा
फाइल तस्बिर ।

स्याङ्जा, जेठ १९ : नेपाली कांग्रेसका सांसद राजु थापाले भ्रष्टाचारमा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताएका छन्।

शुक्रबार कांग्रेस प्रथम भीरकोट नगरसम्मेलनलाई स्याङ्जाको बयरघारीमा सम्बोधन सांसद थापाले भ्रष्टाचारको आरोप लागेका कसैलाई पनि कांग्रेसले नबोक्ने र दोषी ठहरिएमा कारवाही भएरै छाड्ने बताए।

भ्रष्टाचारीलाई कांग्रेसले ढाकछोप गर्ने, बोक्ने होईन बरु अनुसन्धान प्रक्रियामा सघाउने उनले बताए।

यस्तै, सांसद थापाले नागरिकता विधेयक अहिलेको आवश्यकता भएको दाबी गर्दै यसका बारेमा पढेर, बुझेरमात्रै गाउँ–गाउँमा रहेका नागरिकलाई बुझाउन कार्यर्तालाई आग्रह गरे।

प्रकाशित मिति: २०:५३ बजे, शुक्रबार, जेठ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्