Kathmandu Press

बजेटले बालविकासका शिक्षकको समस्या सम्बोधन गर्न नसकेको गुनासो

बजेटले बालविकासका शिक्षकको समस्या सम्बोधन गर्न नसकेको गुनासो

काठमाडाैं, जेठ १९ : नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक सङ्घले आर्थिक वर्ष २०८०/८१ को बजेटले बाल विकासमा कार्यरत शिक्षकको समस्या समाधान गर्न नसकेको बताएको छ।

सङ्घका महासचिव ज्ञानेन्द्रबहादुर रावलले एक विज्ञप्ति जारी गरी बजेटले विद्यालयमा कार्यरत कर्मचारीको समस्या सम्बोधन गर्न नसकेको बताएका हुन्।

Hardik ivf

सङ्घले शिक्षक अस्पताल निर्माणका लागि बजेट विनियोजन नगरेको, राहत, अस्थायी, करार साविक उच्च माविमा कार्यरत शिक्षक, शिक्षक सिकाइ अनुदानमा कार्यरत शिक्षक, स्थानीय सरकारबाट नियुक्त शिक्षकको व्यवस्थापनमा पूर्णता बेवास्ता गरेको बताएको छ।

बजेटले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक सम्बन्धमा बजेट मौन रहेको, शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट विनियोजन नभएको, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले निरन्तरता नपाएको महासचिव रावलले बताए।

आधारभूत तहमा अनिवार्य र निःशुल्क शिक्षा तथा माध्यामिक तहमा अनिवार्य शिक्षासम्बन्धी संवैधानिक व्यवस्थालाई बजेटले पूरै बेवास्ता गरेको सङ्घले जनाएको छ।

यसैगरी बजेट विद्यार्थीलाई दिवा खाजा अनुदान अपर्याप्तताबारे मौन रहेको र अन्य कक्षाका विद्यार्थीलाई पनि खाजा सुविधा नगरिएको सङ्घले जनाएको छ।

प्रकाशित मिति: १६:४६ बजे, शुक्रबार, जेठ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्