Kathmandu Press

भारतले नक्सामा नेपाली भूभागसमेत समेटेको भन्दै भारतीय दूतावासअगाडि प्रदर्शन

उनीहरुले ‘भारतीय विस्तारवाद मुर्दावाद’, ‘निरीह सरकार मुर्दावाद’, ‘राजसंस्था जिन्दावाद’, ‘हिन्दुराष्ट्र जिन्दावाद’ ‘हाम्रो जमिन फिर्ता गर’, ‘सीमा मिच्न पाइँदैन’, ‘लुम्बिनी कपिलवस्तु हाम्रो हो’ लगायतका नारा लगाए।
भारतले नक्सामा नेपाली भूभागसमेत समेटेको भन्दै भारतीय दूतावासअगाडि प्रदर्शन
Hardik ivf

काठमाडौं, जेठ १९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट युवा विद्यार्थीहरुले  भारतले आफ्नो नयाँ संसद भवनमा ‘अखण्ड भारत’को भन्दै नेपाली भूभागसमेत समेटिएको नक्सा राखेको विरोधमा काठमाडौंस्थित भारतीय दूतावासअगाडि प्रदर्शन गरेका छन्। 

आज (शुक्रबार) लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका उनीहरुले ‘भारतीय विस्तारवाद मुर्दावाद’, ‘निरीह सरकार मुर्दावाद’, ‘राजसंस्था जिन्दावाद’, ‘हिन्दुराष्ट्र जिन्दावाद’ ‘हाम्रो जमिन फिर्ता गर’, ‘सीमा मिच्न पाइँदैन’, ‘लुम्बिनी कपिलवस्तु हाम्रो हो’ लगायतका नारा लगाए।
 
उनीहरुले कालो झण्डासमेत प्रदर्शन गर्नुका साथै अखण्ड भारतको नक्सा जलाएका थिए । छन्। भारतको नवनिर्मित संसद् भवनमा नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशीलासम्मको क्षेत्रलाई समेत समेटर ‘अखण्ड भारत’को नक्सा अंकित गरिएपछि नेपालमा त्यसको विरोध सुरु भएको छ। 

प्रकाशित मिति: १२:५६ बजे, शुक्रबार, जेठ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्