Kathmandu Press

विवादपछि प्रजातन्त्रवादी प्राध्यापक संघको महाधिवेशन स्थगन

जेठ १९ र २० गते काठमाडौंमा आयोजना गरिएको सो महाधिवेशनका लागि तयारी पूरा भए पनि एक समूहले क्याम्पस इकाइ समितिका सभापति एवं महाधिवेशन प्रतिनिधिलाई फर्जी भनेपछि महाधिवेशन स्थगित भएकाे हाे।
विवादपछि प्रजातन्त्रवादी प्राध्यापक संघको महाधिवेशन स्थगन

काठमाडौं, जेठ १९ : प्रतिनिधि चयनलगायतका विषयमा विवाद देखिएपछि नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशन स्थगित भएको छ।

जेठ १९ र २० गते काठमाडौंमा आयोजना गरिएको सो महाधिवेशनका लागि तयारी पूरा भए पनि एक समूहले क्याम्पस इकाइ समितिका सभापति एवं महाधिवेशन प्रतिनिधिलाई फर्जी भनेपछि महाधिवेशन स्थगित गरिएको संघका अध्यक्ष जगत तिमिल्सिनाले जानकारी दिए।

Hardik ivf

उनले उक्त समूहले सामाजिक सञ्जालबाट अपमानसहित भ्रम सिर्जना गरी अर्को स्थानमा महाधिवेशन गर्ने धम्की दिएपछि नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वको अनुरोधका आधारमा महाधिवेशन स्थगन गर्नुपरेको बताए।

संघका महासचिव राजेन्द्र गौतमले बेग्लै विज्ञप्ति जारी गरी विकृत मानसिकता देखिने गरी एकपक्षीयरुपमा अध्यक्षले महाधिवेशन स्थगनको सूचना दिएको आरोप लगाउँदै महाधिवेशनलाई भेलाका रुपमा रुपान्तरण गरी कार्यक्रम निरन्तरता दिइनुपर्ने बताए।

प्रकाशित मिति: ११:५९ बजे, शुक्रबार, जेठ १९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्