Kathmandu Press

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

अध्यक्ष यादवले देशको परिर्वतनकारी आन्दोलन र संघर्षले संघीयता, पहिचानसहितको मधेस प्रदेश, सुशासन र समृद्धि सम्भव भएको बताए।
देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

सुनसरी, जेठ १९ : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देश जसपाको एजेण्डामा बगाडी बढिरहेको बताएका छन्। नागरिकता समस्या समाधान जनता समाजवादी पार्टीले नै गरेको उनले उल्लेख गरे।

सुनसरी सदरमुकाम इनरुवामा जसपाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा बधाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले देशको परिर्वतनकारी आन्दोलन र संघर्षले संघीयता, पहिचानसहितको मधेस प्रदेश, सुशासन र समृद्धि सम्भव भएको बताए।

नागरिकलाई शिक्षा, स्वास्थ्यसहित रोजगार दिलाउन लागिपरेको उल्लेख गर्दै उनले जसपा समावेशिता, पहिचान, समानुपातिक समावेशी, जातीय विभेद अन्त्य र नागरिकता समस्या समाधान गर्ने पार्टीको रूपमा स्थापित भएको बताए।

प्रकाशित मिति: ११:५३ बजे, शुक्रबार, जेठ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्