रारामा म्याराथन प्रतियोगिता हुने
प्रदेश तथा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नाका साथै राराको पर्यटन प्रवद्र्धन गर्न प्रतियोगिता आयोजना गरिएको श्रीबक्स गुल्मका गुल्मपति डोलराज श्रेष्ठले जानकारी दिए ।
काठमाडौं, जेठ १९ : मुगुको रारामा म्याराथन प्रतियोगिता हुने भएको छ । श्रीबक्स गुल्म, रारा हुटु र छायाँनाथ रारा नगरपालिकाको संयुक्त आयोजनामा शनिबार तेस्रो संस्करणको म्याराथन प्रतियोगिता हुन लागेको हो ।
प्रदेश तथा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नाका साथै राराको पर्यटन प्रवद्र्धन गर्न प्रतियोगिता आयोजना गरिएको श्रीबक्स गुल्मका गुल्मपति डोलराज श्रेष्ठले जानकारी दिए ।
सहभागी खेलाडी राराताल वरिपरि दौडिने छन् । दुई हजार नौ सय ७२ मिटरको उचाइमा रहेको रारामा दौड प्रतियोगिता गर्न सकिन्छ भन्ने उद्देश्यले म्याराथन आयोजना गरिएको उनी बताउँछन् ।
प्रतियोगितामा पहिलो हुनेलाई रु ४० हजार, द्वितीय हुनेलाई रु ३० हजार र तेस्रो हुनेलाई रु २० हजार पुरस्कार प्रदान गरिनेछ । सहभागी सबै खेलाडीलाई प्रमाणपत्रसहित सस्म्मान गरिने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: ०८:३४ बजे, शुक्रबार, जेठ १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![सुकुम्बासीमाथिको दमन र महँगीविरुद्ध माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1778667168.jpg)