Kathmandu Press

प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेशको अधिवेशन आज, महामन्त्री थापाले उद्घाटन गर्ने 

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यमामा हुन लागेको अधिवेशनबाट प्रदेशको पहिलो कार्यसमिति पनि गठन गरिने छ । योसँगै युनियनको सबै प्रदेशमा कार्यसमिति गठन गर्ने कार्य सकिने छ ।  
प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेशको अधिवेशन आज, महामन्त्री थापाले उद्घाटन गर्ने 

काठमाडौं, जेठ १९ : नेपाल प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेशको पहिलो ऐतिहासिक अधिवेशन आज हुँदै छ । काठमाडौँको थापागाउँस्थित युनियनको केन्द्रीय कार्यालयसँगै रहेको काठमाडौँ ब्याङ्क्वेटमा हुन लागेको हो । 

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यमामा हुन लागेको अधिवेशनबाट प्रदेशको पहिलो कार्यसमिति पनि गठन गरिने छ । योसँगै युनियनको सबै प्रदेशमा कार्यसमिति गठन गर्ने कार्य सकिने छ ।  

प्रेस युनियनको नयाँ केन्द्रीय समिति गठन भएपछि यसअघि सात प्रदेशमा र झण्डै ३० जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । प्रेस युनियनमा राज्यका सात प्रदेश सहित उपत्यका तथा प्रतिष्ठान प्रदेश गरी आठ प्रदेशको व्यवस्था छ । 

उपत्यका तथा प्रतिष्ठान प्रदेशको अधिवेशन सम्पन्न गर्नका लागि केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीको संयोजकत्वमा अधिवेशन व्यवस्थापन मूल समिति गठन गरिएको छ । अन्य प्रदेशका अधिवेशनमा गरिएको अभ्यास अनुसार नै उपत्यका तथा प्रतिष्ठान प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गरेका पदाधिकारी, केन्द्रीय सदस्य र प्रदेश अन्तर्गतका शाखा अध्यक्षहरु मूल समितिको सदस्य रहने व्यवस्था गरिएको छ । 

उपत्यका तथा प्रतिष्ठान प्रदेश अन्तर्गत काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला शाखा, साँघु उपशाखा र अन्य आठ प्रतिष्ठान शाखा गरी कुल १२ शाखा रहेका छन् । ती शाखाहरूबाट निर्वाचित झण्डै चार सय प्रदेश प्रतिनिधिहरूबाट प्रदेश कार्यसमिति गठन गरिनेछ ।

कार्यसमिति सर्वसम्मत गठन गर्नका लागि सहमति समन्वय समिति र निर्वाचन प्रयोजनका लागि निर्वाचन समिति पनि गठन गरिएको संयोजक भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति: ०७:०१ बजे, शुक्रबार, जेठ १९, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्